लेखनाथ, ११ कात्तिक।लेखनाथ निर्माण ब्यवसायी समितिको प्रथम बाषिर्क साधारणसभाले आगामी तीन वर्षा लागि रामबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत् रुपमा चयन भएको समितिको बरिष्ठ उपाध्यक्षमा प्रेमवहादुर थापा, उपाध्यक्षमा भीमबहादुर नेपाली -काँइला), सचिवमा भविन पुन, कोषाध्यक्षमा कृष्णबहादुर विक र सह-सचिवमा पूर्णबहादुर सुनार छन् ।
यसैगरि, समितिको सदस्यहरुमा मंगल कामी, राम तामाङ, जीवन परियार, एकबहादुर नेपाली, रविलाल सुवेदी, आसबहादुर विक र दानबहादुर सार्की छन् ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हाम्रो पोखरालाई सुन्दर पोखरा बनाउन निर्माण ब्यवसयीहरुको महत्वपूर्ण भूमिका भएकाले गुणस्तरिय सामग्रीको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक घर निर्माणलाई पहिलो प्रथामिकता दिन अनुरोध गरे ।
लेखनाथ निर्माण ब्यवसायी समितिका अध्यक्ष किसानसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ, पोखरा निर्माण ब्यवसायी समितिका सचिब नवराज बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, सप्तगण्डकी आरएमसीका अध्यक्ष राजेन्द्र ओझा, गण्डकी समन्वय प्रालिका अध्यक्ष रामजी सिके र आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीलगायतले अस्वस्थ प्रतिस्पर्धा भन्दापनि गुणस्तरिय निर्माणलाई ब्यवसायीहरुले ध्यान दिनुपर्ने सुझाव राखेका थिए।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१