लेखनाथ, २५ असोज। बतास ब्रदर्श प्रालि, पोखराले एकै दिन लेखनाथसहित गण्डकी-धौलागिरी क्षेत्रमा चार टिभिएस शो रुम शुभारम्भ गरेको छ। पोखरा २७ तालचोक सहित बन्दीपुर-१ डुम्रे, वेशीशहर-८ र कुश्मा बान्द्रेबिडीमा शो रुम खुलेको हो ।
तालचोक शोरुम उद्घाटन लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, बतास ब्रदर्शका प्रबन्ध निर्देशक शान्तराज बतास र इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायव उपरीक्षक विष्णुवरसिंह थापाले संयुक्त रुपमा गरे।
बतास ब्रदर्शका प्रबन्ध निर्देशक शान्तराज बतासले सो क्षेत्रमा टिभिएस ब्राण्ड लोकप्रिय हुने विश्वास व्यक्त गरे। ग्राहकलाई घरनजिकबाटै सेवा दिने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको कम्पनीका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले बताए। नेपाल लगायत दक्षिण एशियाली राष्ट्रमा टिभिएस ब्राण्डबाट उत्पादित एन्ट्रोक्क, टिभिएस अपाचे, बेगो, जुपिटर क्लासिक, स्ट्राइकर लगायत मोडल नेपाली ग्राहकका लागि रोजाइमा परेको बताइएको छ। कम्पनीले गण्डकी-धौलागिरीका गोरखा, बागलुङ, वेनी, दमौली लगायत क्षेत्रमा टिभिएसको यसअघि सवडिलर स्थापना गरिसकेको छ । कम्पनीले दुर्इ दशकदेखि टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दैआएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१