विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव शुरु

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७५
IMG_1349_Fotor

पोखरा, २४ असोज। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि दुर्गा पुजा महोत्सव शुरु भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ।

महोत्सव शुरुअघि मन्दिर परिसरबाट नौ वटै देवीको झाँकी तथा एक सय आठ कलशसहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो। शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालाको मुख, तेसापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिर्द्धार्थचोक, रामकृष्णटोल हुँदै मन्दिरमा पुगेर समापन भएको थियो।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरुको सहभागिता  थियो। विश्वशान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक कार्यक्रमले समाजमा रहेको विकृति र विसंगति हटाउन मद्दत पुग्ने बताए। ‘नेपाल धार्मिक सहिष्णुता भएको देश हो,’ उनले भने, ‘यस्ता धार्मिक कार्यक्रमहरुले देशमा बढ्दो हत्या, हिंसा, भ्रष्टाचार, व्यभिचारजस्ता समाजको समस्या हटाउन मद्दत गर्छ।’

महोत्सवमा बुधबारदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञ गरिएको छ। नवदुर्गा महोत्सवभरि दैनिक श्रीमद्भागवत् कथावाचन हुनेछ।

नवरात्रिभर बिहान साढे ४ बजेदेखि साँझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुला राखिने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width