एम्नेस्टी अन्नपूर्ण समूह-५४ सवोर्त्कृष्ट

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७५
amnesty_Fotor

पोखरा, २४ असोज । एम्नेस्टी इन्टरनेशनल नेपाल, एम्नेष्टी अन्नपूर्ण समूह-५४, पोखरा सवोर्त्कृष्ट हुँदै सम्मानित भएको छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालको चितवनको टाँडीमा सम्पन्न २७ औं राष्ट्रिय वाषिर्क साधारणसभा तथा अधिवेशन अवसरमा आर्थिक वर्ष २०७४/०७५ मा सदस्यता विस्तार तथा सबैभन्दा बढी मानवअधिकार अभियानसम्बन्धी गतिविधि गर्ने संस्थाको रुपमा नेपालमै उत्कृष्ट हुँदै सम्मानित भएको हो । नेपालमा हाल  एम्नेस्टी इन्टरनेशनल नेपालमा आवद्ध करिब ७० वटा समूह छन् । सवोर्त्कृष्ट हुँदा खुसी लागेको बताउँदै एम्नेस्टी अन्नपूर्ण समूह-५४ संयोजक अनन्दप्रसाद कोइरालाले नेशनलबोर्ड, मूल्यांकन समूह साथै एम्नेस्टी नेशनलवोर्ड सचिवालयमा कार्यरत कर्मचारी लगायत सबैमा धन्यवादसहित मानवअधिकारसम्बन्धी कार्य गर्न अझ बढी हौसला मिलेको बताएका छन्।

कार्यक्रम पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width