लायन्स आदर्श चौतारीको सहयोग

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५

पोखरा, २० असोज । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिवार काहुँ जयकोट सामुदायिक वन क्षेत्रमा गत वर्ष रोपिएका बोट बिरुवा गोडमेल गरी संरक्षण गरेको छ ।

सो अवसरमा मृगौलापीडित स्याङ्जाकी ढककुमारी गुरुङको उपचार सहयोगार्थ २५ हजार रुपैयाँ सहयोग रकम प्रदान गरियो ।

प्रमुख अतिथि पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले सहयोग रकम बिरामीका आफन्तलाई हस्तान्तरण गर्दै बिरुवा रोपरमात्र नछोडी समय समयमा गोडमेल गरी संरक्षण गर्नुपर्ने बताए ।  उनले सो कार्यमा लायन्स पोखरा आदर्श चौतारीको सह्राहनीय कार्यको प्रशंसा समेत गरे । कार्यक्रममा वन उपभोक्ता समिति अध्यक्ष शिवबहादुर कार्की, क्लबका रिजलन चियरपर्सन माधवप्रसाद पौडेल, रिजनलपर्सन कमलबहादुर बस्नेत लगायतले शुभकामना व्यक्त गरे।

लायन्स क्लब अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भरतराज सिग्देल, संयोजक रुकबहादुर गुरुङ र नमराज क्षत्रीले धन्यवाद तथा सचिव वसन्तराज कोइरालाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width