बृहत् बेगनासताल सरसफाइ ३० औं हप्तामा

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५

लेखनाथ, १३ असोज। पोखरा ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबले ३० औं हप्ताको वृहत् वेगनासताल सरसफाई गरेको छ ।

वृहत् वेगनासतालको सरसफाइ अभियानको ३० औं हप्ताको कार्यक्रममा वेगनासतालको ड्यामसाइड तथा नहरमा राखिएका डस्ट्वीनहरुमा जम्मा भएको फोहोरमैला जम्मा गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए ।

कार्यक्रममा वडा ३१ का वडा अध्यक्ष कमलबहादुर थापा, जनता बहुउद्देश्यीय सहकारी संस्था, लेखनाथ सामुदायिक सेवाकेन्द्र एवं प्रहरी सेवा, वेगनासताल महिला समूह, जलेश्वर शिवमन्दिर व्यवस्थापन समिति, वेगनासताल वस व्यवसायी समिति, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसिएसन, वेगनासताल टोलविकास संस्था, डाँडाकोनाक प्रहरी कार्यालय, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, पर्यटनमार्ग महिला समुहलगायतका विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता थियो।

कार्यक्रममा क्लवका अध्यक्ष रामबहादुर रानाभाटले ३० औं हप्तासम्म आइपुग्दापनि स्थानीय जनताको सोचमा अझै परिवर्तन नआएको गुनासो गर्दै सरसफाई अभियान निरन्तर रुपमा संचालन हुने बताए।

त्यस्तै गरी वडा अध्यक्ष कमलबहादुर थापाले वेगनास युवा क्लबले शुरु गरेको वृहत् सरसफाइ अभियानलाइ वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी हप्ताबाट वेगनासतालमा देखिएको जलकुम्भि नयाँ प्रविधि मेशिनबाट सफाई गरी वेगनासतालमा भएको जलकुम्भीलाइ निमिट्यान्न पार्ने बताए।

त्यस्तैगरी, जनता बहुउद्देश्यीय सहकारीका अध्यक्ष शोभामोहन पौडेल, लेखनाथ सामुदायिक सेवाकेन्द्रका अध्यक्ष रमेश ओझा, समाजसेवी राममणी अधिकारी, वेगनास युवा क्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद ढुंगानालगायतले वृहत् वेगनासताल सरसफाई अभियानका वारेमा आफ्नो धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width