हरिप्रसादमा आजदेखि महोत्सव

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५

हेमजा, ११ असोज । माछापुच्छे्र गाउँपालिका-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा शुक्रबारदेखि शैक्षिक एवं धार्मिक महोत्सव शुरु हुदैछ। विद्यालयको सर्वाङ्र्गीण विकासका लागि भन्दै महोत्सव आयोजना गरेको हो ।

महोत्सव उद्घाटन शहीद हरिप्रसादकी पत्नी नन्दकुमारी गुरुङले उद्घाटन गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले बताए ।

असोज २० सम्म चल्ने सो महोत्सव उद्घाटन पूर्व विद्यालय परिसरबाट कलश यात्रा शुरु हुनेछ । कलश यात्रा भेंडावारी, अनन्तठाँटी, नयाँपुल हुँदै शहीद हरिप्रसादको शालिक परिक्रमा गरेर विद्यालय हाता पुग्ने कार्यक्रम छ । महोत्सवका प्रमुखवाचक बाल योगेश्वर महाराज सम्मिलित ३० सदस्यीय टोली बिहीवार नै खोरामुख आइपुगेको छ। टोलीलाई विद्यालयले भेंडाबारीमा पञ्चेबाजा सहित भजन कीर्तनद्वारा स्वागत गरियोे । विद्यालयले महोत्सवबाट करिब डेढ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width