पोखरा, ९ असोज । नेपाली काँग्रेसले संघीय संरचना अनुसार पार्टीको विधान बनाउन तयारी शुरु गरेको छ । विधान संशोधनका लागि काँग्रेसले देशभर सुझाव संकलन गरिरहेको छ ।
सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गरी सुझाव संकलन तीव्र पारिएको हो । सुझाव संकलनका लागि पोखरामा मंगलबारदेखि भेला शुरु भएको छ ।
कास्की र बागलुङमा गण्डकी प्रदेशस्तरीय भेलामा गर्ने निर्णय अनुसार मंगलबारदेखि पोखरामा शुरु भएको हो । बागलुङमा असोज १२ देखि शुरु हुँदैछ ।
पोखरामा चल्ने दुर्इ दिने भेलामा सात जिल्लाका महाधिवेशन प्रतिनिधि, यस प्रदेशका केन्द्रीय सदस्य, सांसद र भातृ संस्थाका प्रतिनिधि सहभागी छन् ।
कास्की काँग्रेसको व्यवस्थापनमा भएको भेलामा पाँच वटा समूह बनाएर प्रस्तावित मस्यौदामाथि छलफल गरी विधानमा समेट्नु पर्ने विषयमा सुझाव संकलन गरिने छ । जिल्ला/जिल्लाबाट ल्याइएका सुझाव समेत भेलामा छलफल गरिने जनाइएको छ ।
भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीका संस्थापक वीपी कोइरालाले लेखेको विद्यान संशोधन गर्न लागिएको बताए ।
‘पार्टीको जीवनका लागि यो ऐतिहासिक कालखण्ड हो,’ महामन्त्री कोइरालाले भने, ‘आफूमाथि ठूलो जिम्मेवारी रहेको सम्झेर विद्यान संशोधनका लागि सुझाव दिन जरुरी छ ।’
उनले पार्टीको हितलाई ध्यानमा राखेर कसरी पार्टीकाई संगठित र सुदृढ बनाउने भनेर विधान संशोधन गर्नुपर्नेमा जोड दिए । महामन्त्री कोइरालाले निर्वाचनमा पार्टीले दुर्दशा भोगे पनि पछिल्लो समय भने पार्टी्रतिको आकर्षण बढेको दाबी गरे ।
विधान संशोधन मस्यौदा समिति सदस्य अमर पुनले व्यक्तिका लागि नभई काँग्रेसको हितमा हुने गरी विधान संशोधन गर्नुपर्ने बताए । सबै नेपालीको आकर्षण हुने गरी विधान संशोधनमा ध्यान दिइने उनको भनाइ छ ।
विधान संशोधन मस्यौदा समिति गण्डकी प्रदेश संयोजक फर्मुला मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्वागत र मस्यौदा समितिका सदस्य कृष्ण रिजालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१