शहीद हरिप्रसादमा शैक्षिक महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
mahayagya

हेमजा, ६ असोज। माछापुच्छे्र गाउँपालिका-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयले विद्यालयको सर्वाङ्गीण विकासको लागि असोज १२ देखि २० गतेसम्म शैक्षिक एवं धार्मिक महोत्सव गर्ने भएको छ।

शनिवार विद्यालय प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष कृष्णप्रसाद दवाडीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै शिक्षालाई महत्व दिएर समृद्घकिो सपना पूरा गर्नुपर्नेमा जोड दिए।उनले महोत्सवमा वडाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्घता पनि व्यक्त गरेका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले महोत्सव सफल पार्नु माछापुच्छे्र गाउँपालिकावासीको कर्त्तव्य भएको चर्चा गर्दै सरोकारवाला सबैले महोत्सवमा सक्दो सहयोग गर्नुपर्ने धारणा राखे।उनले महोत्सवमा ५५ हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा समेत गरे ।

त्यस्तै मूल आयोजक कमिटिका सदस्य टेकनाथ गौतमले महोत्सवलाई सच्चा शहीदको सम्मानका रुपमा लिन आग्रह गर्दै भिडावारीस्थित बराह माविलाई प्राविधिक हव तथा शहीद हरिप्रसाद आधारभूत विद्यालयलाई जेटिएको हव बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले महोत्सवमा ३० हजार पाँच सय सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

विद्यालयले महोत्सवबाट डेढ करोड संकलन गर्ने लक्ष्य राखेको तथा महोत्सव संचालनार्थ २२ देखि ३० लाख खर्च हुने अनुमान पनि गरेको छ।कार्यक्रममा मूलसमारोह समिति सचिव भरतराज अधिकारी, विद्यालय प्रअ बलराम रानाभाट लगायतले पनि भनाइ राखेका थिए।

मूल समारोह समिति संयोजक ललितमान गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सदस्य टेकनाथ गौतमले स्वागत र प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width