संविधान दिवस अवसरमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७५
brichharopan 30

????????????????????????????????????

लेखनाथ, २ असोज । संविधान दिवस अवसरमा पोखरा महानगरपालिका वडा ३०  र स्थानीय टोल विकास संस्थाहरुको आयोजनामा वडा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । महानगरपालिकाको ग्रिन सिटी, क्लीन सिटी अवधारणालाई सार्थक रुप दिन वडा कार्यालय परिसरमा मंगलबार विभिन्न जातका बिरुवा रोपिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष श्रीराम पोख्रेलले मानव स्वास्थ्य र वातावरण संरक्षणको लागि वृक्षरोपण गर्नु जरुरी रहेको बताए । खुँदीमा रहेको वडा कार्यालय परिसरभित्र कपूर, अशोका लगायतका विरुवा रोपिएको थियो । वडाध्यक्ष पोख्रेलले विभिन्न चरणमा गरिने वृक्षरोपण कार्यक्रमअन्तर्गत पहिलो चरणमा ६ वटा टोल विकास संस्था रहेका सडक किनारमा वृक्षारोपण गरिने र त्यसपछि ‘एक घर, एक विरुवा’ अवधारणाअन्तर्गत अन्य टोलहरुमा पनि वृक्षरोपण गरिने बताए।कार्यक्रममा वडा सदस्य वडा सदस्य सोमलाल कँडेल, चोलाप्रसाद बराल, शारदा बास्तोला, रमा नेपाली टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थिति थियो । वडाध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडासचिव तथा कार्यक्रम अधिकृत दुर्गा न्यौपाने र सञ्चालन सहसचिव दीपक कोइरालाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width