पोखरा, २१ भदौ। लामाचौरमा हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र शिवम् सिमेन्ट न्यू डायमन्ड भिड्ने भएका छन्।
भदौ २५ देखि २७ गतेसम्म संचालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल, शिवम् सिमेन्ट न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, नेपाल आर्मी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टार्इगर्स र टप्स मावि पोखरा गरी ७ टिमल सहभागिता जनाउने छन्।
प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन टार्इगर्स रहेका छन् ‘बी’ मा डायमण्ड, टप्स मावि पोखरा र नेपाल आर्मीको त्रिभुवन क्लब रहेको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले बताए।
प्रतियोगिताअन्तर्गत २५ गते बिहान ७ बजे शुरु हुने खेलमा पहिलो खेल टप्स र न्यू डायमन्डबीच हुनेछ ।
विजेताले १ लाख र उपविजेताले ६५ हजार, तेस्रोले २५ हजार र चौथोले १५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
महोत्सवमा भलिबलसँगै तीजगीत प्रतियोगिता एवं विविध प्रतियोगिता समावेश गरिएको छ। महोत्सवको सबै तयारी पूरा भएको आयोजक नवआदर्श सामुदायिक विकासका अध्यक्ष बमबहादुर गुरुङले बताए ।
प्रचारप्रसार उपसमिति संयोजक धर्ममानसिंह भण्डारीले महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शववाहन सेवामा खर्च गर्दै आएको बताए।
महोत्सवमा कलाकार सम्झना भण्डारी, काजल गुरुङ, नेत्रपाणि बास्तोला, बबिता बानियाँ ‘जेरी’, प्रीति आले, मञ्जु पौडेल, खुमन अधिकारी, दीपक खड्का, रामजी पौडेल, चोलेन्द्र पौडेल, बसन्त थापा, ज्योति लोहनी, चन्द्र शर्मा, शंकरविरही गुरुङ, प्रदीप त्रिपाठी, कृष्ण भण्डारीलगायतको प्रस्तुति रहनेछ । यस्तै हास्यव्यङ्ग्य प्रहसनसमेत हुने आयोजकले जनाएको छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१