जाल्पादेवी महिला उद्धार समूहको सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५
saru 1

पोखरा, २० भदौ । सामाजिक अभियन्ता सरस्वती दाहाल अधिकारी ‘सरु’ लाई सम्मान गरिएको छ।

महिलामा स्वास्थ्य सचेतना अभियानमा क्रियाशील रहँदै सामाजिक सेवा पुर्‍याएको भन्दै जाल्पादेवी महिला उद्धार समूहको २० औं साधारण सभा अवसरमा उनलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेको हो।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले उनलाई सो सम्मान प्रदान गरेकी हुन्।

सम्मानित सरु विगत ८ वर्षदेखि दिदीबहिनीलाई स्वास्थ्य क्षेत्रमा सचेतना अभियानसँगै क्यान्सर रोग निदानका उपायबारे जानकारी दिँदै अभियान क्रियाशील छन्। उनी गत साता पनि स्थानीय पत्रकार मञ्चबाट सम्मानित भएकी थिइन्।

कार्यक्रममा पोखरा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराललाई पनि सम्मान गरियो।

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख शर्माले महिला घरघरमा सीमित नभई आफ्नो हक अधिकारका लागि अघि बढ्नुपर्ने बताइन्।

कार्यक्रममा वडाध्यक्ष बराल, सम्मानित व्यक्तित्व सरु अधिकारी, वडासदस्य कृष्णमान ठुसाजु, किरण गौतम, संस्थापक अध्यक्ष शारदा शर्मा, निवर्तमान अध्यक्ष पवित्रा केसी जाल्पादेवी बहुउद्देश्यीय विकास समिति अध्यक्ष गणेशबहादुर अधिकारी, आदर्श समाज दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोला, सामाजिक अभियन्ता पत्रकार सुष्मा पौडेल, सिर्जना विकास केन्द्रका प्रथम उपाध्यक्ष समेत रहेका पत्रकार कृष्ण थापा, समाजसेवी वीरेन्द्रमान बिजुक्छे, विश्व हिन्दू महासंघकी उपाध्यक्ष पार्वता पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका संचाक सदस्य कमला गिरी, लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष मेनुका बराल, सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बराल, नारी परोपकारकी अध्यक्ष शारदा गिरी, लगायत बोलेका थिए। कार्यक्रममा सचिव दुर्गा अधिकारी र कोषाध्यक्ष अमृता गिरीले प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाका अध्यक्ष कान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधिका थापाले स्वागत  र सचिव दुर्गा अधिकारीले संचालन गरेकी थिइन्। जाल्पादेवी पोखराको पुरानो संस्था हो।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width