बुद्व विशाल बजार व्यापारीक एशोसिएसनको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
Budda bisal bajar raktadan

पोखरा, ९ भदौ। बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले शनिवार रक्तदान कार्यक्रम गरेको छ।

चिप्लेढुंगामा आयोजित कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन्।

पोखरा वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पहिलो रक्तदाता संस्थाका सल्लाहकार माधवप्रसाद सिग्देललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा वडाध्यक्ष बास्तोलाले व्यावसायिक हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्नु प्रशंसनीय भएको बताए।

पोखरा उद्योग वाणिज्य संघकी सदस्य गीता तिवारी गौतमले व्यवसायीबीच एकता आवश्यक भएको औल्याइन्।

बुद्व विशाल बजार व्यापारिक एशोसिएसनका निवर्तमान अध्यक्ष प्रदीपकुमार मुल्मीले व्यावसायिक समस्या समाधानका लागि बुलन्द आवाज उठाउनेलाई पोखरा उद्योग वाणिज्य संघमा चुन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाका सल्लाहकार माधवप्रसाद सिग्देल, पूर्व अध्यक्ष बलराम गौतम, बुद्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्रप्रसाद पोखरेल, साँघुमुख महेन्द्रपुल व्यवसायी एशोसिएसनका अध्यक्ष रामेश्वर अधिकारी, रक्त संचार केन्द्र पोखराका प्राविधिक ध्रुवमणि लामिछाने र संस्थाका प्रेस सल्लाहकार नवीन सिग्देलले बोलेका थिए।

त्यस अवसरमा ५० औं पटक रक्तदान गर्ने संस्थाका सदस्य धु्रवप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो। उनलाई दोसल्ला सहित सम्मानपत्रबाट सम्मान गरिएको हो।

एशोसिएसनका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव शर्माले स्वागत र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width