पोखरा, ७ भदौ। नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा पोखराका किरण श्रेष्ठ नियुक्त भएका छन्। पोखराबाटै खेल जीवन शुरु गरेका पूर्व राष्ट्रिय खेलाडी कृष्ण थापापछि यस क्षेत्रबाट किरणले नेपाली फुटबलको प्रशिक्षकमा फड्को मारेका हुन्।
आगामी भदौ १९ देखि ३० सम्म बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपका लागि अखिल नेपाल फूटबल संघ -एन्फा)ले किरणलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो। यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएपछि उक्त स्थानमा किरणलाई नियुक्त गरिएको एन्फाले जनाएको छ ।
४२ वर्षीय किरण यसअघि सहारा क्लबको स्थापनासँगै फुटबलमा उदाएका थिए। लिग तथा राष्ट्रिय प्रतियोगितामा जावलाखेल युथ क्लबबाट २०५६ देखि २०६१ सम्म खेलेका उनी सो टिमको कप्तानी समेत गरेका थिए।
सहारा क्लब पोखराको टिम प्रशिक्षकमा रहेर लामो समयदेखि कार्यरत किरणले हाल एन्फा कास्कीमा रहेर स्वयंसेवी प्रशिक्षकका रुपमा ग्रासरुट फुटबलमा समेत जिम्मेवारी सम्हालेका छन्। एन्फा कास्कीले सञ्चालन गरेको ग्रासरुटका विभिन्न कार्यक्रममा किरणले प्रशिक्षण दिने गरेका छन्। राष्ट्रिय टिमको प्रशिक्षकका बन्न एसियाली फूटबल परिषद् (एएफसी)बाट ‘ए’ लेभल मान्यताप्राप्त प्रशिक्षक हुनुपर्ने प्रावधान छ । किरणले सो लाइसेन्स प्राप्त गरिसकेका छन् ।
राष्ट्रिय टिम प्रशिक्षक बनिसकेका पोखराका कृष्ण थापा हाल एन्फाको उपाध्यक्ष समेत छन्। यसअघि पोखराका पूर्व राष्ट्रिय खेलाडी डम्बर गुरुङले राष्ट्रिय यु-१६ फुटबल टिमको प्रशिक्षक सम्हालेका थिए।
एन्फाले राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई बुधबारै कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइसकेको थियो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१