कर फिर्ता लिन माग

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५
Kar Firta, Congressko Mag

पोखरा, ३ भदौ। नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ।समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो ।

ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमशः करको दरभन्दा दायरालाई फराकिलो पार्नुपर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापतिद्वय सुरेन्द्रमान बिजुक्छे र डम्बरबहादुर थापाद्वारा हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षणपत्रमा बढाइएको कर फिर्ता नलिए जनताको पक्षमा थप दबाबमूलक कार्यक्रमका साथ अघि बढ्ने चेतावनीसमेत दिइएको छ ।

ध्यानाकर्षणपत्रमा करको दरमा तीनदेखि सात गुणासम्म बृद्वि गरिदाँ नगरबासिलाई नकारात्मक प्रभाव परेको उल्लेख छ ।

२०७२ असोज १ गते तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाले एकिकृत सम्पत्ति कर लागु गर्दा आगामी ५ वर्षसम्म कर नबढाउने निर्णय गरेको समेत स्मरण गराइएको छ ।

त्यस्तै, कर बढाउने नाममा एकै व्यत्तिलाई दोहोरो, तेहरो करको चपेटमा परेकोभन्दै समससापेक्ष र वैज्ञानिक कर प्रणाली लागु गर्न पनि माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width