लमजुङ, ३ भदौ । लमजुङमा महिलाको सशक्तिकरणमा समग्र नामक गैससको विशेष सहयोग रहेको एक कार्यक्रमकाबीच खुलासा भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय महासचिव नवराज पहाडीको प्रमुख आतिथ्यतामा वेशीशहर नगरपालिका- ६ स्थित उपल्लो मकैडाँडाका भएको कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो।
कार्यक्रम पहाडीले आमाहरूले मिलेर व्यक्तित्वको विकासदेखि आर्थिक उन्नतिका लागि गरेका प्रयास र कार्य निकै प्रशंसनीय रहेको बताए । ‘भौतिक विकासभन्दा पहिलो मानवीय विकास जरुरी छ, मानवीय विकास भौतिक विकासको जग हो,’ उनले भने, ‘समाजसेवीहरू बनको काँडाजस्तै आफ्नो व्यक्तित्व आफै बनाउन सक्नु पर्छ ।’
कार्यक्रममा स्थानीय गाउँमा सिर्जशील आमा समूह अर्थात सामाजिक परिवार गठन गरी समग्रको सहजिकरणमा परिवारमा आवद्ध महिलाहरूका लागि सञ्चालन गरेका क्षमता अद्धिवृद्धि तथा आय आर्जनका कार्यबाट महिलाहरूको सशक्तिकरण भएको प्रतिवेदन कार्यपत्रका रुपमा उक्त गाउँका सामाजिक अभियन्ता यमबहादुर रिमालले सो संस्थाबाट भए गरेका कार्यक्रमहरू सहित भावि कार्यक्रमबारे जानकारी दिए।
कार्यक्रममा आफ्नो धारणा राख्दै समूहकी सदस्य रजनी रिमालले आफूले शुरुमा ५१ दिने तारकारी खेतीको तालिम लिएर आएपछि नर्सरी स्थापना गरी गाउँघरका दिदीबहिनीलाई मौसमी र बेमौसमी तरकारीका विरुवा वितरण गरे । त्यसले विगतका किनेर खाने गरेको परिवार तरकारीमा आत्म निर्भर बनेका छन् भने केही परिवारले तरकारी विक्रीबाट आफ्नो घर खर्च, बालबच्चको स्कूलको फि, खाजाखर्च आदि जोगाड गर्न सकेको बताइन् । त्यस्तै, एक महिला विष्णुमाया रिमाल हुन् । उनका दुर्इ छोरा बोर्र्डिङ स्कूलमा कक्षा- ८ र नर्सरीमा पढिरहेका छन् । श्रीमान् नेपाली सेनामा कार्यरत रहेपनि घरर्खर्चमा खासै सहयोग नगर्ने गरेका कारण कारण आफूले तरकारी खेती गर्न थालेपछि श्रीमान्सँग खर्च माग्न नपरेको बताउँछिन्।
यसैगरी, सोही गाउँका भक्तबहादुर रिमाल (क)ले टनेलमा गोलभेडा, बन्दा, कोवी आदिको खेती गरी वाषिर्क ३०/३५ हजार बचत गर्न सकेको बताए । यसैगरी, सो संस्थाकी अध्यक्ष कृष्णकुमारी रिमालले समग्रबाटै दिएको ८ दिने लेखा परीक्षण र नेतृत्व क्षमता विकास तालिमले आफ्नै नेतृत्वमा ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. खोल्न र संस्थाको अध्यक्ष बन्ने क्षमताको विकास गर्न सकेको जानकारी दिइन् ।
२०६९ सालमा स्थापना गरिएको सो सहकारीले हाल १ करोडको कारोबार गर्न सफल भएको उनको भनाई छ । उनका अनुसार शुरुका दिनमा ५ रुपैया मासिक बचत गर्ने गरेको संस्थामा १०, २० र ५० गर्दै हाल रु १ सय मासिक बचत गर्ने गरिएको छ । अध्यक्ष रिमालका अनुसार कुल ६३ घर आवद्ध रहेको उक्त परिवारमा समग्रको सहयोगमा तरकारी खेतीका अतिरिक्त पाडी पालन, बाख्रा पालन, कुखुरापालन व्यवसाय गरी जिविकोपार्जनमा सहज तुल्याइएको छ। यसरी बचत रकम १३ लाख १५ हजार ४६५ रहेको र नाचगानबाट १९ लाख ६२ हजार ३२६ रुपैयाँ संकलन गर्न सकेको समूहका संस्थापक अध्यक्ष गंगामाया रिमालले बताइन् । पत्रकार साक्षात्कार कार्यक्रममा समग्रकी जिल्ला सयोजक मिरा बोहराले स्वागत गर्दै सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१