दाह्री ग्याङको रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७५
blood dari

पोखरा, २९ साउन । दाह्री ग्याङ पोखराका सदस्यले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा २ सय १ युनिट रगत संकलन भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस सर्न्दर्भ पारेर आयोजित रक्तदान कार्यक्रममा दाह्री पाल्ने र सौखिन युवालाई युवतीले समेत साथ दिएका थिए । गत वर्ष झैं यसपटक पनि दाह्री ग्याङ पोखराले सोमबार बोलबमको अन्तिम दिन केदारेश्वर मन्दिरको मूलद्वार अघि सो कार्यक्रम गरेको हो ।

प्रमुख अतिथि इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दाह्री पाल्ने र मन पराउने युवा एकताबद्ध भई वर्षेनी यस्तो कार्यक्रम गर्नु अत्यन्त प्रशंसायोग्य रहेको बताए ।

उनले पहिलो रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्की अध्यक्ष तीर्थराज अवस्थीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । अवस्थीले ५४ औं पटक रक्तदान गरेका हुन् ।

कार्यक्रममा रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा, क्षेत्रीय रक्तसञ्चार सेवा, पोखराका अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।

कार्यक्रममा दृष्टिविहीन सम्राट गौतमले १३ औं पटक रक्तदान गरे भने कान्छो सक्रिय सदस्य आशिष पुरी १८ वर्ष पूरा भएपछि पहिलो पटक रक्तदान गरे ।

समूहका संयोजक वसन्त पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक संयोजक शेखर गौतमले गरेका थिए । कार्यक्रम सञ्चालन देउता पौडेल र विक्रम पाण्डेले संयक्त रुपमा गरेका थिए ।  कार्यक्रमलाई क्षेत्रीय रक्तसञ्चार र मूलथोक टोल बिकास संस्थाको सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width