सिद्धेश्वरमा शिव महापुराण शुरु

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७५
image-0-02-03-1b662940518e9a95a3810c566743d0cf53013b91a7e7cfcc6680a942246b6d8f-V#1

पोखरा, २३ साउन। पोखरा-१५, ढुङ्गोसाँघुस्थित सिद्धेश्वर शिव मन्दिरमा शिव महापुराण ज्ञानयज्ञ २०७५ शुरु भएको छ।

सिद्धेश्वर भजन मण्डल तथा संरक्षण समितिद्वारा आयोजित महायज्ञको प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले बुधवार एक समारोहबीच उद्घाटन गरे।

मन्दिरका संरक्षक एवम् ज्ञानयज्ञका प्रमुख कमलनयन गौतमले हिन्दू संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै साउन महिना शिवको महिमा भएकाले वाषिर्क अनुष्ठानको रुपमा ज्ञान यज्ञ सञ्चालन हुँदै आएको बताए।

कार्यक्रममा पोखरा-१५ का वडाध्यक्ष प्रकाश पौडेल, मन्दिरका सहसंरक्षक रोमबहादुर भण्डारी, ब्रÞमाकुमारी इश्वरीय विश्वविद्यालय रामबजारकी सञ्चालिका ब्रहमाकुमारी गोमा, समितिका सल्लाहकार मीनबहादुर केसी, समाजसेवी वैद्य मीना केसीले शुभकामना मन्तव्य राखेका थिए।

सिद्धेश्वर भजन मण्डल तथा संरक्षण समितिका अध्यक्ष हरिबहादुर पराजुली थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष चित्रबहादुर भण्डारीले स्वागत मन्तव्य राखेका थिए।

कोषाध्यक्ष लीलाबहादुर भण्डारीको धन्यवाद ज्ञापन रहेको कार्यक्रम सञ्चालन सचिव मोहनकुमार भण्डारीले गरेका थिए। कार्यक्रम अघि विभिन्न आमा समूहहरु, विद्यालयका शिक्षक छात्रछात्रा, परोपकार गुरुकुल आश्रमका बटुकहरु, सिद्धेश्वर भजन मण्डल, स्थानीय टोल विकास संस्था, ब्रÞमाकुमारी इश्वरीय विश्वविद्यालय रामबजार शाखा र विभिन्न संघसंस्थाको प्रतिनिधिहरु सहभागी पञ्चेबाजासहितको र्याली मन्दिरबाट शुरु भई ढुंगेसाँघु चोक, स्यानीपाटन, गलेश्वर शिवालय मन्दिर, ठूलीमझुवा हुँदै यज्ञस्थलमा पुगी धर्मसभामा परिणत भएको थियो।

साउन ३१ गतेसम्म सञ्चालन हुने उक्त ज्ञानयज्ञमा हरेक दिन बिहान ११ बजेदेखि अपराÞन ४ बजेसम्म पूराण बाचन हुने समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width