रेष्टुरेन्टको टिप्स सहारालाई

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७५
sahara

पोखरा, २२ साउन। मुग्लान रेष्टुरेन्ट एण्ड बार, सभागृहको टिप्स बक्समा संकलित रकम सहारा एकेडेमीलाई प्रदान गरिएको छ ।

रेष्टुरेन्ट आउने ग्राहकले सेवाबाट खुशी हुँदै भ्याट र अतिरिक्त कर बाहेक टिप्स बक्समा खसालेको रकम सहारा एकेडेमीलाई प्रदान गरिएको मुग्लानका संचालक राजमान थकालीले बताए। छ महिनादेखि शुरु रेष्टुरेन्टको टिप्स बक्समा ५ हजार जम्मा भएको र सो रकम एकेडेमीलाई हस्तान्तरण गरिएको उनले बताए । सो रकम सहारा क्लब अध्यक्ष केशव थापा, पूर्व अध्यक्ष विक्रम थकालीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

मुग्लानले अष्ट्रेलियाको सिडनीमा २ र पोखरामा १ गरी ३ वटा चेन रेष्टुरेन्ट संचालन गरिरहेको छ। ‘सिडनीका रेष्ट्रेन्टमा जम्मा भएको रकम वाषिर्क रुपमा हामी सोझै सहारा क्लबलाई दिन्छौं,’ थकालीले भने, ‘वाषिर्क ३ लाख जति संकलन हुन्छ र त्यसमध्ये सहाराद्वारा संचालित आहा रारा फुटबलको दोश्रो पुरस्कार राशि २ लाख ५१ हजार समेत त्यही रकमबाट दिँदैआएका छौं।’  सहारा क्लब अध्यक्ष केशव थापाले मुग्लानबाट प्राप्त रकम थोरै भए पनि यो एउटा उदाहरणीय कार्य भएको बताए । ‘मुग्लानले सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गराएको छ, यसको हामी प्रशंसा गछौ,’ उनले भने । सहारा क्लबद्वारा संचालित एकेडेमीले देशभरिका कठिन परिस्थितिका २८ जना बालकलाई अध्ययनसँगै फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width