ब्रम्हाकुमारीको श्रीमद्भागवत् गीता प्रवचन

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७५
Shreema Bhgabad Prabachan

पोखरा, १० साउन। ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय पोखरा, फूलबारी शाखाको आयोजनामा पोखरामा विहीवारदेखि श्रीमद्भागवत् गीता सार एवं वैज्ञानिक प्रवचन शुरु भएको छ।

व्यक्तिगत, पारिवारिक र व्यावसायिक क्षेत्रमा सुखशान्ति, आनन्द र खुशीको अनुभूति गराउने उद्देश्यले प्रवचन कार्यक्रम आयोजना गरिएको ब्रहृमाकुमारी शोभाले बताइन् । उनले चिन्ता, तनाव, भय र असुरक्षा सृजित वर्तमान संसारका मानवमनको समाधानार्थ प्रवचनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

प्रमुख अतिथि गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले प्रवचन कार्यक्रम उद्घाटन गर्दै गीताको उपदेश वैज्ञानिक र व्यवहारिक रहेको औंल्याइन्। उपसभामुख शर्माले सिकेका कुरा जीवनमा उपयोग गर्न आग्रह गरिन्।

हरेकलाई शान्ति चाहिएको र सबैको लक्ष्य मानवकल्याण नै भएकाले कार्यक्रमबाट सबैको जीवनमा सुखशान्ति, आनन्दको अनुभूति हुने बताउँदै उनले कार्यक्रमको सफलताको शुभकामना दिइन् ।

ब्रम्हाकुमारी राजयोगिनी ब्रहृमाकुमारी अप्सराले श्रीमद्भागवत् गीताको महत्व आवश्यकता बताउँदै यसमा हरेक वर्गका मानिसको वर्ग समस्याको समाधान भएको र सफल जीवनको आधार भएको बताइन् ।

ब्रहृमाकुमारी शोभाले चिन्ता, तनाव, भय र असुरक्षाबाट सृजित वर्तमान संसारका मानव मनको समाधानमा प्रवचनले सहयोग पुर्‍याउने बताइन् ।

प्रवचनमार्फत आध्यात्मिक जागृति एवं स्वयंको सत्य पहिचान, तनाव व्यवस्थापन एवं आन्तरिक द्वन्द्वको निरुपण, सवोर्च्च शक्तिसँग सम्बन्ध र कर्मयोग, मनलाई नियन्त्रण गर्ने कला, कर्मको गहन गतिको जानकारी प्राप्त हुने आयोजकले जनाएको छ । गीताविज्ञ एवं वरिष्ठ राजयोग प्रशिक्षिका राजयोगिनी ब्रहृमाकुमारी अप्सराले प्रवचनमा सहजीकरण गरेकी छन् ।

कार्यक्रम संचालन ब्रहृमाकुमार शिशिर रेग्मीले गरेका थिए । प्रवचन पोखरा-११ स्थित रामेश्वर मन्दिरको सभाहलमा पाँचदिनसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width