शिवमन्दिरमा भक्तजनको घुइँचो

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७५

पोखरा, ७ साउन । साउन महिना शुरुवातसँगै पोखरामा १५ औं संस्करणको बोलबम जलयात्रा कार्यक्रम शुरु भएको छ ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष साउन सोमबार आयोजना गर्दैआएको बोलबम जलयात्रा शुरु भएको हो।

सोमबार बिहानैदेखि दिउँसो अबेरसम्म केदारेश्वर मन्दिरमा ठूलो संख्यामा भक्तजन पूजाआजा गर्न र जल चढाउन व्यस्त देखिन्थे।

मन्दिर दर्शनका लागि कास्कीका विभिन्न स्थान सहित छिमेकी जिल्लाबाट समेत भक्तजन मन्दिरमा आएको मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले बताए। बोलबम संयोजक शंकर खरालले १५ वर्षअघि केदारेश्वरले शुरु गरेको बोलबम यहाँको संस्कृति बन्दैगएको बताउँछन्।

बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई विगतदेखि व्यवस्थापन गर्दैआएको छ। गाईघाटदेखि नै शोभायात्रासहितको झाँकी बजारका विभिन्न भाग परिक्रमा गरी मन्दिर पुगेको थियो।

गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मन्दिरका १०८ शिवलिङ्गमा जलार्पण गर्ने सुविधाका कारण केदारेश्वरमा भक्तजनको बढी घुइँचो लाग्ने गर्दछ।

साउन भगवान् शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ।

भक्तजनलाई पोखरा वडा ६ महिला समन्वय समितिले प्रसाद वितरण गरी सहयोग गरेको थियो।

यस्तै, पृथ्वी होटल व्यवसायी समिति, सत्य साई केन्द्र, सिर्जनाचोक व्यवसायी समिति, रोटरी क्लब तथा रामजी बानियाँको समूहले पनि मन्दिर परिसर तथा सडकमा सर्वत पानी खुवाएको थियो। सामाजिक जागरणका लागि नारी अभियानले मन्दिर परिसरमा माग्न बसेका असहायलाई खाजा खुवाएको अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन्। यसैबीच, पोखराको विन्ध्यवासिनी सहित पोखरा आसपासका विभिन्न शिव मन्दिरमा दर्शनका लागि साउन सोमबार भक्तजनको ठूलो भिड लागेको थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width