पोखरा, २३ असार। भारतीय पेन्सन क्याम्प, रामबजारमा शनिबारदेखि डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। भारतीय राजदूतावास, मिलिटरी वीङ काठमाडौंको सहयोगमा प्रतियोगिता भएको हो।
भारतीय गोर्खा सैनिकमा कार्यरत बहालवाला सैनिक र भूतपूर्व गोर्खाबीच मैत्रीभाव स्थाथापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रीय भूतपूर्व खेलकुद संघका अध्यक्ष क्या.प्रेमप्रसाद गुरुङले बताए।
क्याम्प प्रमुख कर्णेल प्रतीक शर्माले प्रतियोगिता उद्घाटन गरेका हुन्। उद्घाटन खेलमा कर्णेल शर्मा र सनबहादुर गुरुङको जोडीले सु. लोकबहादुर गुरुङ र सु. लालसिंह थापाको जोडीलाई पराजित गरेको थियो।
नायक अमृत राना र नायक कमल राना, नायक वीरबहादुर थापा र नायक ओमबहादुर थापा, क्या. भक्त पुन र क्या. कृष्ण पुन तथा सु. रामप्रसाद पुन र नायक टीका पुनको जोडीले फाइनलका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ। फाइनल आइतबार नै हुनेछ ।
बीस जोडीको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार ८ हजार, द्वितीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१