पोखरा, ४ असार। सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा उनका परिवारले आर्थिक सहयोग गरेका छन्।
रामचन्द्रसहित धर्मपत्नी उमादेवीले संयुक्त १ लाख १ सय ५ रुपैयाँ र छोरी उरुप्साले ५० हजार प्रदान गरेका हुन्। यस्तै, रंगशाला आमा समूह अध्यक्ष समाजसेवी चन्द्रावती गुरुङले समेत १ लाख १ सय ५ रुपैयाँ प्रदान गरिन्। सहयोगदाता रामचन्द्र गुरुङका परिवार र चन्द्रवती गुरुङले सहयोग रकम सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।
एकेडेमी गतिविधिबारे जानकारी दिँदै एकेडेमीका संयोजक एवं क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले एकेडेमी सञ्चालन गर्न मासिक २ लाख खर्च लाग्ने बताए।
सो अवसरमा सहयोगी गुरुङ परिवारद्वयलाई क्लब सल्लाहकार परिषद् सभापति वीरभद्र आचार्यले हार्दिक धन्यवाद दिए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालक आश्रति छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१