पोखरा, २६ जेठ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन महानगर कमिटिले पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसी र शिक्षा महाशाखा प्रमुख केदार आचार्यलाई ज्ञापनपत्र बुझाएको छ।
शैक्षिक क्षेत्रबाट योग्य, क्षमतावान् र कुशल नागरिक उत्पादनहोस् भन्ने विषयमा ध्यानाकर्षा गराउँदै ज्ञापनपत्र बुझाइएको हो ।
सामुदायिक शिक्षक युनियन महानगरका अध्यक्ष देवराज शर्माले देशको लागि योग्य जनशक्ति उत्पादन गर्ने थलो नै शिक्षा भएको हुँदा यसलाई व्यवस्थित र वैज्ञानिक प्रणालीबाट व्यवस्थापन गर्न नसक्ने हो भने वर्तमान सरकारको समृद्ध नेपाल निर्माणको परिकल्पानाले सार्थकता पाउन नसक्ने बताए । उनले यस विषयमा योग्य शिक्षकको योग्यताअनुरुपको सम्मान, पेशागत सुनिश्चितता, शैक्षिक सुधार र शैक्षिक स्रोतको सही व्यवस्थापनसँगै समग्र शिक्षा नीतिलाई सबैको चासो र सरोकारको विषय बनाई शैक्षिक क्षेत्रको रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ज्ञापनपत्र बुझाइएको बताए ।
महानगर प्रमुख मानबहादुर जिसीले लामो समय राज्यलाई योगदान गर्ने साविक ११ र १२ मा अध्यापनरत शिक्षकलाई न्याय हुने गरी आफ्नो भूमिका रहनेमा आश्वस्त रहन आग्रह गरे । २०४८ सालदेखि हालसम्म कक्षा ११ र १२ मा अध्यापन गराउने देशभरिका सामुदायिक विद्यालयहरुमा हालसम्म एक जना पनि स्थायी शिक्षक नभएको तत्कालीन सरकार र राज्यले गरेको विभेदकारी कार्यबाट शिक्षक मारमा परेको भन्दै उनले यसको व्यवस्थापनमा महानगर सचेत रहेको बताए ।
स्थानीय निकायको अधिकार क्षेत्रमा रही आफ्नो विवेकले थेग्ने गरी युनियनले उठाएका मुद्दामा सम्बोधन गर्न आफ्नो योगदान रहने शिक्षा महाशाखा प्रमुख केदार आचार्यले बताए । उनले सामुदायिक शिक्षक युनियन महानगरसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१