पोखरा, १९ जेठ। राष्ट्रिय जनता पार्टीतर्फबाट प्रतिनिधिसभा सांसद चन्दा चौधरीले आफ्नो समाजमा दहेज प्रथा विकृतिका रुपमा रहेकाले अन्त्य हुनुपर्नेमा जोड दिएकी छन्।
नेपाल कलवार कल्याण महासंघको चौथो वाषिर्क साधारण सभामामा बोल्दै प्रमुख अतिथि चौधरीले दाइजो प्रथाले कलवार समुदायको वर्गीय तह छुट्टाउने भएकाले अन्त्य हुनुपर्ने बताएकी हुन्।
सीमित समुदाय मात्र नभई सबैले यस्तो कुरीति अन्त्य गर्नुपर्ने भन्दै छोरा र छोरीलाई हेर्ने दृष्टिकोण समेत समान हुनुपर्ने बताए। ‘घरमा छोरा जन्मिँदा परिवारको अनुहारमा हँसिलोपन छाउने र छोरी भित्रिँदा निन्याउरो बन्ने गरेको देखिन्छ’ उनले भनिन्- ‘२१ औं शताब्दीमा छोरा र छोरीलाई विभेदकारी दृष्टिकोणले हेरिनु लज्जास्पद विषय हो।”
उनले उद्योग तथा व्यवसायमा मात्र सीमित रहने कलवार समुदाय अब शिक्षा तथा राजनैतिक क्षेत्रमा अगाडि आउनुपर्नेमा जोड दिँदै प्रशासन र राज्यको पहुँचमा पुग्नुपर्ने बताइन्। उनले कलवार लगायतका समुदाय राजनीति नै नगरे पनि राजनीतिक चेतनाबाट वञ्चित हुन नहुने उल्लेख गरिन्।
महासंघलाई व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधि सभामा कलवार समुदायको तर्फबाट आफू एक्लो महिला भए तापनि सभामा आफ्नो समुदायको हक, हित र अधिकारको लागि दरिलो रुपमा आफू प्रस्तुत हुने बताइन्।
विभिन्न जिल्लाबाट एक सय बढी प्रतिनिधिको सहभागिता रहेको चौथो वाषिर्क साधारण सभामा प्रदेश ५ का ५ सांसद वैदनाथ जैसवाल, नेपाल कलवार कल्याण महासंघका संस्थापक अध्यक्ष इ रामेश्वरप्रसाद कलवार, नेपाल कलवार कल्याण सेवा समाज पोखराका अध्यक्ष दिनेशकुमार चौधरी, महासचिव अशोक चौधरी, नेपाल कलवार युवा संघका केन्द्रीय अध्यक्ष चण्द्रेश्वरप्रसाद, नवल चौधरी, भगवती जैसवाल, अमिरीलालप्रसाद कलवार, नरेन्द्रप्रसाद गुप्ता, जयकुमार जैसवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेपाल कलवार कल्याण महासंघ केन्द्रीय अध्यक्ष राजेन्द्र गुप्ताको अध्यक्षतामा भएको साधारणसभा महासचिव भोलाप्रसाद गुप्ताले वाषिर्क प्रतिवेदन, कोषाध्यक्ष ओमप्रकाशकुमार जयसवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष रामाधारप्रसाद कलवारले स्वागत गरेका थिए।
Related News
सम्बन्धित समाचार
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१