मिड टाउनको आयोजनामा रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५
Mid Town Blood Donation

पोखरा, १७ जेठ । लायन्स क्लब अफ पोखरा मिड टाउनले बिहीबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रुद्रनाथ बरालले लायन्स क्लबले विभिन्न सामाजिक तथा महत्वपूर्ण काम गर्दै आएको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका ब्लड डोनेसन कमिटी चियरपर्सन चुडामणि बराल, रिजन चियरपर्सन बिनोद ढुंगाना, ब्लड बैंकका इन्चार्ज धुव्र लामिछाने लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम क्लबका सचिव रविराज भुर्त्यालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width