पोखरा, १२ जेठ। डिभाइन युथ क्लब पोखराले शनिबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदानमा ५९ युनिट रगत संकलन भएको अध्यक्ष रुद्रलाल कुँवरले जानकारी दिए।
पोखरा लेखनाथ महानगरपालिका-८ का वडाध्यक्ष रुद्रनाथ बरालले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक डिलप्रसाद अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिएको थियो।
वडाध्यक्ष बरालले क्लबले सामाजिक र मानवीय सेवामा कार्य गर्दै आएको बताए।
श्यामाश्याम सत्संग महासंघ पोखराका उपाध्यक्ष ध्रुवप्रसाद पराजुलीले कार्यक्रममाथि प्रकाश पार्दै क्लबको यो नवौं रक्रदान कार्यक्रम रहेको जनाए।
क्लब अध्यक्ष रुद्रलाल कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य प्रज्ञा ज्ञवालीले स्वागत र एलिशा ढुंगाना सुवेदीले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१