भक्तपुर, ९ जेठ । “नरुनुस् न आमा, नरुनुस् न दादा।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाए। दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन।
काभे्रको साँगाबाट बुधवार करीब १२:३० बजे तीव्र गतिमा आएको बा३ख ६६७४ नम्बरको टिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-९ पलासेमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँतीन जनाको घटनास्थलमै ज्यान गएको हो। घटनामा मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका-६ घर भई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उनको छोरा १३ वर्षीय अरविन घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। शवलाई भक्तपुर अस्पतालमा पठाइएको, ठक्कर दिने टिपरलाई प्रहरी वृत्त जगातीमा राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उनले जानकारी दिए।
साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबहादुरलाई लिएर स्कुल पुगेर छोरालाई उपचारका लागि लैजाँदै गर्दा टिपरले ठक्कर दिएको थियो। छोराको उपचार नै गर्न नपाई आमा छोराको एकैपटक ज्यान गयो। लोकन्थलीमै घर बनाउने सपना बोकेर दुर्इ महिनाअघि मलेशिया गएका श्रीमान् केशव घिमिरेले एकैसाथ श्रीमती र छोरा मात्रै गुमाएनन्, बुधवार साँझ ५ बजे अमेरिका जान लागेका सविताको भाइ कुमार काफ्लेको यात्रासमेत यही शोकले रोकिएको मध्यपुरथिमि नगरपालिका वडा १ का वडा अध्यक्ष सुरज खड्काले बताए। हरिबहादुरको अवस्था पनि उस्तै छ। जेठी छोरी, एक छोरा र श्रीमती अष्ट्रेलियामै बस्छन्, कान्छी छोरी अमेरिकामा बस्छन्। नयाँ घर बनाउन अष्ट्रेलियाबाट फर्केका हरिबहादुरको यही घटनामा मृत्यु भएपछि उनको आमा र बुबाले अस्पतालमा आफ्नो आँसु रोक्नै सकेनन्।
“खाना खाएर म छिट्टै र्फकन्छु है आमा भनेर हिँडेका छोराको यो हालत भयो” भन्दै आमा जानकी कटुवाल सँगै रुँदै अस्पतालमा पुगेका कसैको आँसु थामिएन।
सविताको दाजु नवराज काफ्लेले टिपर चालकलाई पक्राउ नगरेसम्म शव नबुझ्ने र कडा कारबाही गर्न माग गरे। कुनै पनि बहानामा चालकलाई उन्मुक्ति दिने प्रयास गरिए चुप लागेर नबस्ने उनले बताए। अस्पतालमा भेला भएकाले टिपरलगायत मालबाहक सवारीसाधनलाई राति ९ बजेपछि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे। साथै ज्यानै जाने गरी दुर्घटना गराउने चालकलाई ज्यान मुद्दा नै लगाउनुपर्ने माग उनीहरुले राखेका छन्। प्रहरी नायब उपरीक्षक श्रेष्ठले टिपर चालकको ठूलो लापरबाही देखिएको बताए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१