ट्राफिक प्रहरीलाई क्लोज सर्किट क्यामरा

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७५

पोखरा,  २ जेठ। सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग सीजी मोटोकोर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ।

सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत प्रदान गरिएको सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने जनाइएको छ।

१ सय ८० ड्रि्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्‍याउने छ। ललितपुर ट्राफिक शाखाका निरीक्षक सीताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो।

कार्यकारी निर्देशक करण चौधरीले भने, ‘देशको अटोमोटिभ क्षेत्रमा हामी अग्रणी छौँ र सडक सुरक्षामा हाम्रो पनि जिम्मेवारी रहेको छ। यहाँका सडकमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारीपूर्व गरेको कार्य प्रशंसनीय छन्।’

उनले सडक सुरक्षित बनाउने उपाय अपनाउने उद्देश्यसहित गरिएको क्यामराको हस्तान्तरण ट्राफिक प्रहरीसँगको समन्वयमा गरिने विभिन्न कार्यमध्येको एक रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width