पोखरा, १ जेठ। विद्यालय तहमा विद्यार्थीहरूको बौद्धिक क्षमताको विकासलाई मध्यनजर गर्दै मदरल्यान्ड माध्यमिक विद्यालयमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नदीपुरको बालमन्दिर माविले १२ हजारका साथ ट्रफी र प्रमाणपत्र हात पारेको छ । शिशु निकेतन मावि विरौटाले ९ हजार ट्रफी र प्रमाणपत्रका साथ द्वितीय स्थान हासिल गर्यो ।
तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल क्रमशः शीतलादेवी मावि माटेपानी र मर्निङस्टार मावि नागडाँडाले ६ हजार र ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाए ।
विद्यार्थी कल्याणकारी कोषको आयोजना तथा विद्यालयको व्यवस्थापनमा गरिएकोे प्रतियोगितामा कास्की जिल्लाभरिका ३७ विद्यालयहरू सहभागी भएका थिए। एउटा विद्यालयबाट कम्तीमा एक जना छात्रा पर्ने गरी तीन जनाको समूह सहभागी भएको सो प्रतियोगिता छनौट, क्वार्टर, सेमीफाइनल र फाइनल गरी चार चरणमा सम्पन्न भएको थियो।
प्रदेश ४ का भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालले हाजिरीजवाफ जस्तो बौद्धिक कार्यक्रमले विद्यार्थीमा सबै क्षेत्रको ज्ञानको विकास गराउने बताए ।
विद्यालयका निर्देशक त्रिभुवन शर्माले कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सहयोग गर्नेे सबैलाई धन्यवाद व्यक्त गरे ।
प्रयास पौडेल र आर्यन जयसवाल अन्तिम चरणको क्वीज मास्टर रहेको सो कार्यक्रम संयोजक टेकनाथ पौडेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१