पोखरा, २४ वैशाख। मुक्तिनाथ विकास बैंकले जनकपुर उपमहानगरपालिका-२, भानुचोकमा बैंकको ७७ औं शाखा विस्तार गरेको छ।
नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले सोमबार उक्त शाखा कार्यालयको समुद्घाटन गरे।
सो क्रममा शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा विश्वस्त रहेको बताए। प्रदेश २ का प्रदेश सभा सदस्य रामआशीष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिँंदै यसको समावेशी वित्तीय मोडल नेपाल कै नमूनाको रुपमा रहेको बताए।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संशाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
बैंकले आफ्ना समकक्षी विकास बैंकमध्ये प्रगतिका प्रमुख १० वटा सूचकमध्ये ६ वटा सूचकमा सबैभन्दा अब्बल रहेको जनाएको छ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१