काव्यमालामा सङगीत यात्रा

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७५
hemja photo

हेमजा, ९ वैशाख।हेमजा साहित्य प्रतिष्ठानको नियमित मासिक शृङखला शुभप्रभात काव्यमाला बीच शनिवार सुगम सङगीत यात्रा सम्पन्न भएको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष जर्नादनशरण त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको एक सय ८० औं काव्यमालामा विष्णुप्रसाद अधिकारी, गोविन्दप्रसाद पराजुली, मदन भण्डारी, राजु क्षेत्री ‘अपुरो’, ओजश्वी अधिकारी, वसन्त विनोद, विष्णुप्रसाद बास्तोला, सीता लामिछाने, दर्शन छन्त्याल, प्रकाश त्रिपाठी, झलक कुँवर, कृष्णप्रसाद पौडेल, अमृता अधिकारी, देवी त्रिपाठी, अनुराग अधिकारी, निर्मला न्यौपाने र सर्वज्ञ श्रेष्ठले रचना वाचन गरेका थिए ।

त्यस्तै, त्रिवेणी सङगीतालय, अनुपम म्युजिक तथा जेर्र्.इ म्युजिक एकेडेमीको संयुक्त आयोजनामा ३४ औं सुगम सङगीत यात्रा पनि सोही समारोहबीच भएको थियो । यात्रामा नवराज बराल, रामभक्त जोजिज्यू,, सन्तोष घिमिरे, यमबहादुर नेपाली, अनिल थापा, सुनिल गायक, मोनिका पुन, जय चापागाई, गंगा त्रिपाठी र तमन्ना गुरुङले प्रस्तुति राखेका थिए ।उनीहरुले समाजमा सुगम सङगीतलाई लोकप्रिय बनाउन थप पहल हुनुपर्नेमा जोड पनि दिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रतिष्ठानका सहसचिव सुनिल गायकले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width