शिक्षक संगठनद्वारा मन्त्री विश्वकर्माको सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७५
Jagat Samman

पोखरा, ९ वैशाख। नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकोमा शनिबार हार्दिक बधाई दिँदै सम्मान गरेको छ ।

सम्मानित मन्त्री विश्वकर्माले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ कार्यक्रम सफल पार्न समाजका वौद्धिक वर्ग शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए।

मन्त्री विश्वकर्माले निष्ठा र इमान बन्धक नराख्ने, आफूले गरेका समग्र कार्यले मतदातालाई शिर झुकाउन नपर्ने भन्दै सम्पूर्ण मतदाता र मुलुकवासीलाई आश्वस्त पार्न चाहेको बताए।

युवा तथा खेलकुदसं’ग सम्बन्धित कार्यक्रम शैक्षिक क्षेत्रसँग पनि सम्बन्धित हुने भएकाले शिक्षकले आवश्यक कार्यक्रम सरकारको नीति तथा कार्यक्रम र बजेट आउनुभन्दा अगाडि नै सुझाव दिन आग्रह गरे ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष दीपक पौडेलले पार्टीर मुलुकको नेतृत्व गर्ने व्यक्तिले आफूलाई त्यस स्थानमा पुर्‍याउन शिक्षकले दिएको ज्ञान, खेलेको भूमिका लगाएको गुन नबिर्सन आग्रह गर्दै शिक्षा नीति निर्माण तथा कार्यान्वयनमा शिक्षकसँग सहकार्य गर्नुपर्ने बताए।

नवनिर्वाचित जिल्ला अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तीर्थराज ढकालले सञ्चालन र उपाध्यक्ष बसन्धरा पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद पोखरेल, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।

सोही कार्यक्रममा संगठनको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई पदस्थापन समेत गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width