नव वर्ष वि.सं. २०७५ को शुभारम्भसँगै आज हामी २२ वर्ष पूरा गरेर २३ औँ वर्षमा पदार्पण गरेका छौँ। यस अवसरमा हामी हाम्रा समस्त पाठक, ग्राहक, विज्ञापनदाता, लेखरचना र सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। नववर्ष मंगलमय होस्।
आदर्श समाजको प्रकाशन शुभारम्भ पाक्षिक रुपमा २०५३ वैशाख १ गतेबाट भएको थियो। २०५४ वैशाखबाट साप्ताहिक हुँदै सोही वर्ष माघ १९ गते श्रीपञ्चमीदेखि दैनिक रुपमा प्रकाशन गर्यौं। यसको नियमित प्रकाशन र वितरणकै आधारमा प्रेस काउन्सिल नेपालबाट २०६२ देखि राष्ट्रिय दैनिकको मान्यता प्राप्त गर्न सफल भएका थियौं। स्रोत र साधनको अभावका बीच मोफसलमा रहेर पत्रिका सञ्चालन गर्न त्यत्ति सजिलो होइन। तथापि अनेक चुनौतीहरुको सामना गर्दै हामी यसलाई निरन्तरता दिने र धेरैभन्दा धेरै पाठक समक्ष पुर्याउन लागि रहेका छौँ। पाठक वर्गले दिनुभएको प्रेरणा र हौसलाबाट नै हामी उत्साहित भएका हौँ।
देशलाई समृद्ध बनाउनु आजको आवश्यकता हो। यसका लागि सञ्चार क्षेत्रले पनि वातावरण सिर्जना गर्नुपर्छ। त्यसकै लागि ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ भन्ने मूल नाराका साथ हामी अगाडि बढिरहेका छौँ। पत्रिकालाई समय अनुसार परिवर्तन गर्दै गुणस्तरीयता वृद्धि गर्दै जाने हाम्रो प्रयास जारी छ। पाठक वर्गले आदर्श समाजलाई गर्दै आउनु भएको विश्वासलाई अझ सुदृढ गर्दै पत्रिकालाई सूचनाको भरपदो माध्यम बनाउन संकल्परत छौँ। यसको लागि सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१