पोखरा, २९ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले नयाँ वर्ष-२०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधि तथा संस्थाका सदस्यको सहभागिता थियो ।
त्यस अवसरमा संस्थाद्वारा प्रकाशित क्यालेण्डर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले लोकार्पण गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक सिंहले प्रहरी एक्लैले शान्तिसुरक्षा कायम गर्न तथा विकृति विसंगति अन्त्य गर्न नसक्ने भएकाले नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा लेखनाथ महानगरपालिका वडा १२ का वडाध्यक्ष रामबहादुर कार्की, वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दीपकबहादुर केसी, सल्लाहाकार माधव बास्तोला ‘मधु’ ले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष धर्मराज आचार्यले स्वागत र सचिव मिरादेवी आचार्यले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१