पोखरा, २४ चैत। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सफल जीवनका लागि बोल्ने कला एक शक्तिशाली हतियार भएको बताए।
सा रे ग म इन्टरटेन्मेन्ट हाउसद्वारा आयोजित २१ दिने उद्घोषण तालिमको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष बास्तोलाले उक्त कुरा बताएका हुन्।
त्यस अवसरमा प्रमुख अतिथि बास्तोलाले भने- बोल्ने कला सञ्चारकर्मीका लागि मात्र नभई सबै पेशा व्यवसायीलाई महत्वपूर्ण छ।
साथै उनले धेरै बोल्ने नभै उचित बोल्नु कला भएको बताए।
जागरण अभियान नेपालका अध्यक्ष मोतिराज तिमिल्सिनाले प्रशिक्षार्थीमा देखिएको निखारपना नै तालिमको सफलता भएको बताए।
समापन समारोहका अध्यक्ष तथा सा रे ग म इन्टरटेन्मेन्ट हाउसका निर्देशक सुशील नेपालीले मानिसमा रहेको प्रतिभालाई जगाएर निखारपन ल्याउन तालिमले सघाउ पुर्याउने बताए।
साथै उनले सा रे ग म ले नृत्य, उद्घोषण तथा संगीत क्षेत्रमा विभिन्न प्रशिक्षण प्रदान गर्दै आएको जानकारी दिए।
समारोहमा प्रशिक्षार्थीहरु पार्वती कार्की, प्रकाशकुमार श्रेष्ठ, प्रकाश आचार्य, कल्पना पोखरेल भट्टराई, अर्जुनकुमार लामिछाने, सुष्मा श्रेष्ठ, सुरेश सुनार, सोनाल तामाङ, राजा कुँवर र पुष्पकमल गौतमले तालिमबाट आत्मबल बढेको बताए।
त्यस अवसरमा सा रे ग म कला केन्द्रका प्रशिक्षार्थीले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचिन रानाभाटले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१