कुँवर परिवारद्वारा नागपोखरी निर्माण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७४

हेमजा, २० चैत। हेमजा गैरीका हर्कबहादुर कुँवरको परिवारले स्थानीय शिवमन्दिर (पुरानो रामजानकी मन्दिर) क्षेत्रमा नागपोखरी निर्माण गरेका छन्।

कुँवर परिवारले करिब डेढ लाख रुपैयाँ लागतमा रुद्रनाग सहितको पोखरी निर्माण गरेका हुन्। पोखरा निर्माण गत पुस महिनादेखि शुरु भएको थियो ।

कुँवरले समाजमा धर्म संस्कृत्रि्रति हिजोआज आक्रमण बढ्दै गएको ठहर गर्दै संस्कृतिको रक्षार्थ पोखरी निर्माण गरेको बताए।

सो पोखरीमा कुँवरका कान्छा छोरा तिलकबहादुरले नागको मूर्ति स्थापना गरेको कुँवरकी श्रीमती हरिकला कुँवरले जनाएकी छन्।

मन्दिरका पुजारी नारायण तिवारी (गंगाधर) ले वयोबृद्घ कुँवर दम्पत्तिले धर्म संस्कृतिको रक्षार्थ अनुकरणीय कार्य गरेको भन्दै कुँवर दम्पत्रि्रति आभार प्रकट गरे।

उनले यस कार्यले नागदेवताप्रति हेमजावासीको अझ बढी विश्वास बढ्ने अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width