एकल लोकगायन प्रतियोगिता अडिसन

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४

पोखरा, ६ चैत । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको आयोजनामा एकल लोकगायन प्रतियोगिता अडिसन राउण्ड पोखरामा सोमबार सम्पन्न भएको छ।

अडिसनमा अभिषेक आचार्य, समीक्षा अधिकारी, स्मृति सुनार, उमेश अधिकारी, कृष्ण भट्टराई, ऋतु परियार, आयुष परियार, अञ्जु पोखे्रल र स्वस्तिका तिमिल्सेनाले भाग लिएका थिए।

जसमा आयुष परियार, उमेश अधिकारी र स्मृति सुनार दोस्रो चरणमा प्रवेश गरेका छन्। वैकल्पिका स्वस्तिका तिमिल्सेना र ऋतु परियार परेका छन्।

प्रतिष्ठान प्रदेश ४ संयोजक तारापति सुवेदी प्रमुख निर्णायकमा रहेको अडिसनमा केन्द्रिय सदस्य जीवन दाहाल र कास्की सल्लाहकार पार्वती जिसी निर्णायक सदस्य थिए ।

उक्त अवसरमा प्रतिष्ठान नेपालका उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय सदस्य जीवन दाहाल, पूर्व केन्द्रिय सदस्य श्रीराम अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए। प्रतिष्ठान कास्की अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका संयोजक टेक क्षेत्रीले स्वागत र सचिव ज्ञानेश्वर सुवेदीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width