‘जय मायाप्रेम’ मा रोमान्स गर्दै कलाकार

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७४

पोखरा, २९ फागुन । निकेश खड्का र युवराज वाईवाको निर्देशनमा बनेको गीति एल्बम जय मायाप्रेमको छायांकन सकिएको छ।

कास्कीसहित पर्वत, मुस्ताङ, काठमाडौका विभिन्न मनोरम स्थलमा छायांकन गरिएकोमा उक्त एल्बममा ४ गीत रहेका छन्। ‘मरे भने दिनु है दाउरा उपहार…’, ‘जरुवाको पानी साह्रै मीठो..,’ ‘बिहे गरी लाने हो ..’   र चिसो-चिसो मन्द-मन्द बतासमा ..’ बोलका गीत समेटिएका छन्। छायांकन सकिएलगत्तै अब विमोचन तयारीमा रहेको जनाइएको छ।

वी स्टार नेपालले प्रस्तुतिमा बनेको उक्त एल्वमका गीतका रचनाकार युवा व्यवसायी अर्जुनरत्न भिकारी हुन्। गीतमा संगीतकार चेतन सापकोटा, स्वर नारायण धिताल छन्। निर्माता भिकारी, सापकोटा र धिताल हुन्। एल्वमको एरेञ्जर महाराज थापाले गरेका छन्।

एल्वममा नायिका प्रियका कार्की, जेनिशा हमाल, सुष्मा अधिकारी, सेनु र्घर्ती, अर्जुनरत्न भिकारी, चेतन सापकोटा, नारायण धिताल, मोहनचन्द्र पराजुली, रामराज अधिकारी लगायत करिब २० जना कलाकारको अभिनय छ।

Related News

सम्बन्धित समाचार

hero news full width