‘यो आँखाको के भर’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७४

पोखरा, २६ फागुन । चलचित्रका गीतबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

पोखराका गायक रोशन गुरुङको स्वरमा रेर्कर्ड भएको ‘यो आँखाको के भर भन्ने शीर्षकको गीतको म्यूजिक भिडियो बूढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो। गीतका शब्द शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना गरेका हुन्। सहस शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन्।

अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा गायक रोशन गुरुङ आफैले अभिनय गरेका छन्। पोखरामा छायांकन गरिएको म्यूजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन् । सरोज अधिकारीले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। झण्डै ५ वर्षपछि पुन रोशन गुरुङ पुनः दर्शकमाझ आएका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width