छैटौं पेक इञ्जिनियरिङ एक्स्पो शुरु

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७४
pec prakash

पोखरा, २४ फागुन । इञ्जिनियरिङका विद्यार्थीको प्रयोगात्मक अभ्यासलाई जोड दिन पोखरा इञ्जिनियरिङ कलेजले बिहीबारदेखि छैटौं पेक इञ्जिनियरिङ एक्स्पो थालेको छ ।

मेला उद्घाटनमा बोल्दै पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई प्रविधिमैत्री शहर बनाउने बताए । उनले विज्ञान र प्रविधिका क्षेत्रमा काम गरेका कलेजसँग सहकार्य गरेर प्रविधिमैत्री शहर बनाउन पहल थाल्ने बताए ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन वुद्धिराज जोशी, इञ्जिनियरिङ अध्ययन संस्थान  पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल, सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर तुलसी भट्टराई, कलेजका संस्थापक प्रिन्सिपल लेखबहादुर गुरुङ, कलेजका रिर्र्सच एण्ड डेभलपमेन्ट चिफ सरोज गिरी, विद्यार्थी प्रतिमा गुरागाईं, स्मृति बराल र विनायक पौडेलले बोलेका थिए । इञ्जिनियरिङ, विज्ञान तथा प्रविधिको नयाँ खोजमा सघाउने उद्देश्यले दुर्इदिने प्रदर्शनी गरिएको हो । विद्यार्थीले विकसित गरेका नयाँ प्रविधि उद्यमी तथा व्यवसायीबीच प्रस्तुत गर्न मेला आयोजना गरिएको प्रिन्सिपल गुरुङले बताए ।

प्रदर्शनीमा ४० भन्दा बढी परियोजना राखिने कलेजका व्यवस्थापक चिजकाजी गुरुङले जानकारी दिए । उनका अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुटको लागि प्रयोगमा ल्याइएका परिचयपत्र परीक्षण गर्ने मिस्टर स्क्यान, ट्राफिक बत्ती कन्ट्रोलर, विद्युतीय खपत रोक्ने प्रविधि, भूकम्पप्रतिरोधी भवनको नमूना लगायत प्रदर्शनीका मुख्य आकर्षणको रुपमा रहने छ ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width