पोखराबाट बारामा खाद्यान्न र कपडा वितरण

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४
rahat photo

पोखरा, २२ फागुन : रेन्बो चिल्ड्रेन होम नेपाल पोखराले बाराको महागडीमाई नगरपालिका वडा ३ र ४ का डुम तथा चमार बस्तीमा खाद्यान्न तथा कपडा वितरण गरेको छ।

खाद्यान्न, लत्ताकपडा सहित पोखराबाट गएको टोलीले सो स्थानका ७५ घरका ३ सय ५० जना परिवारलाई ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको सामाग्री वितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकालले जानकारी दिइन्।

उनका अनुसार उक्त बस्तीका प्रतिपरिवार ३० केजी चामल, २ केजी केराउ, २ केजी चना, १ लिटर खानेतेल, १ केजी नून सहित महिला, पुरुष र बच्चाका लागि कपडा वितरण गरिएको हो।

कार्यक्रममा महागडीमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले खाद्यान्न तथा लत्ता कपडा वितरण गर्दै पिछडिएका वर्गको उत्थानका लागि रोजगारी सिर्जना गरि उनीहरुलाई आत्मनिर्भर बनाउनेर्तर्फ नगरपालिकाले तयारी गरिरहेको बताइन् ।

बारा मेडिकल कलेजकी डा लक्ष्मी थापाले स्वास्थ्य सेवामा पहुँच नपुगेका समाजका विपन्न वर्गका परिवारका लागि निःशुल्क स्वास्थ्य शिविरमार्फत सुविधा पुर्‍याउन आवश्यक रहेको उल्लेख गरे।

२०६५ सालमा स्थापना भई सञ्चालनमा आएको रेन्बो चिल्ड्रेन होम नेपाल समाजका असहाय एवम् विपन्न बालबालिकाको क्षेत्रमा क्रियाशील छ । यसअघि मुलुकका विभिन्न जिल्लाका १४ स्थानका विपन्न बस्तीमा खाद्यान्न, लत्ता कपडा, शैक्षिक सामाग्री वितरण गरिसकेको निर्देशक ढकालले बताइन्।

संस्थाले सञ्चालन गरेको चिल्ड्रेन होममा हाल ४२ जना आवासीयरुपमा र ४६ जनालाई घरघरमा मासिकरुपमा २ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म पठनपाठनमा सहयोग पुर्‍याउँदै आएको संस्थाका सहसंयोजक खेम लामिछानेले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width