सिद्धबराह माविको भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४

पोखरा, २१ फागुन । पोखरा लेखनाथ वडा २३, चापाकोटमा अवस्थित सिद्धबराह माविमा भूतपूर्व विद्यार्थी मञ्च पुनर्गठनसँगै जिल्ला शिक्षा कार्यालय कास्कीको अनुदान सहयोगमा चारकोठे भवनको शनिबार शिलान्यास गरिएको छ। भवनको पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले शिलान्यास गरेका हुन्।

उक्त अवसरमा पुनर्गठित भूतपूर्व विद्यार्थी मञ्चको अध्यक्षमा सूर्यप्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् ।

१७ सदस्यीय मञ्चको उपाध्यक्षमा लीला अधिकारी त्रिपाठी निर्वाचित भइन् । सचिवमा जीवनकुमार सुनार, कोषाध्यक्षमा सन्दीप पराजुली, सहसचिवमा हरिप्रसाद पौडेल र सहकोषाध्यक्षमा रोशनी शर्मा चयन भए ।

सदस्यमा लेखबहादुर क्षेत्री, कमलप्रसाद पराजुली, तारानाथ पराजुली, कृष्णबहादुर नेपाली, रामजी पौडेल, आयुष परियार, निर्मल पराजुली, गुरुदत्त पराजुली र दीपकप्रसाद पराजुली छन्।

सल्लाहकार संयोजकमा प्रेमप्रसाद पराजुली र सूर्य पराजुली ठूलादाइलाई मञ्चको अभियन्ताका रूपमा मनोनीत गर्ने निर्णय समेत गरेको छ।

फेसबुक म्यासेन्जर युकेबाट परिकल्पना गरिएको उक्त मञ्चले विद्यालयमा २० लाखको लागतमा चमेना गृह निर्माण गर्ने काम पनि शुरु गरिसकेको छ। हाल १० लाख रूपैयाँ सहयोग उठिसकेको र बाँकी रकम भूतपूर्व विद्यार्थी तथा दाताबाटै उठाएर काम सम्पन्न गर्ने लक्ष्य लिइएको मञ्चका कोषाध्यक्ष सन्दीप पराजुलीले बताए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width