तरुण दलद्वारा राष्ट्रपतिलाई ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७४
tarun dal 1

पोखरा, १३ फागुन। नेपाल तरुण दल कास्कीले प्रमुख जिल्ला अधिकारीमार्फत आइतबार राष्ट्रपतिलाई ज्ञापनपत्र पठाएको छ।

तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको नेतृत्वमा गएको तरुणको समूहले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपपत्र बुझायो।

तरुण दलका नेता तथा कार्यकर्ता राष्ट्रपति विरुद्व नाराबाजी गर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेको तरुण दल कास्कीका सचिव नरेन्द्र थापाले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनयनमा असंवैधानिक कदम चालेको विरोधमा तरुण दल आन्दोलित बनेको हो।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरे पनि अहिलेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्यसलाई हटाउँदै मंगलबार पुनः ३ जनालाई नियुक्त गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले कार्यान्वयन गरेकी थिइन्। तरुण दलले राष्ट्रपति दलीय स्वार्थमा प्रेरित भएको आरोप लगाएको छ।

यसअघि नेपाली काँग्रेसका भातृसंस्थाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान-२०७२ उपहार दिएका थिए। अध्यक्ष गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संविधानमा भएका कानुनी प्रावधान उल्लंघन गर्दै देशमा अधिनायकवाद स्थापित गर्ने उदेश्यले राष्ट्रपति त्यस्तो कदम चालेको भन्दै मनोनयन अविलम्ब खारेज गर्न माग गरिएको छ।

साथै, ज्ञापनपत्रमा राष्ट्रपतिले असंवैधानिक कदम नसच्याए तरुण दल जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी दिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width