दुर्घटनाबाट युद्धमा भन्दा वढि धनजनको क्षति

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४

बुटवल, ८ फागुन । नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पूर्वमन्त्री वालकृष्ण खांणले सवारी दुर्घटनाको क्षति य्द्धको भन्दापनि वढि भएकोले यसको न्यूनिकरणका लागि सामुहिक पहल आवश्यक भएको बताएका छन्। उनले पहिलो तथा दोस्रो विश्वयुद्धमा भन्दा दैनिक वढि मानवीय तथा अन्य क्षति भैरहेको भन्दै यसको न्यूनिकरणका लागि राज्यले तत्काल ध्यान पुर्‍याउनु पर्ने बताए।

संसद वैठक शुरु भएपछि यो विषयलाई आफूले सार्वजनिक महत्वको प्रस्तावका रुपमा दर्ता गराउने र सबैको ध्यानाकर्षण गराउने उनको भनाई छ। सुरक्षित यात्रा नामक पुस्तकको विमोचन तथा अन्तरत्रिया कार्यक्रममा

बोल्दै नेता खाणले बाषिर्क रुपमा दुर्इ हजार जना मानिसको मृत्यु हजारौ अङ्गभङ्ग र अरवौ क्षति हुने भएकोले यसको न्यूनिकरणको विकल्प नभएको धारण राखे। उनले दुर्घटनाका कारणले वाषिर्क ४० अरव आर्थिक क्षति हुने भन्दै उक्त रकमले गौतम बुद्ध विमानस्थल जस्ता चारवटा विमानस्थल निर्माण हुने पनि बताए।

उनले स्थानीय प्रदेश तथा केन्द्र सरकारले पनि आम नागरिकहरुलाई सहभागी बनाएर यसलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बताए। दुर्घटनाको ७० प्रतिशत कारण चालक भएको निष्कर्ष ट्राफिक प्रहरीको रिपोर्टले देखाएकोले सार्वजनिक तथा निजी सवारी साधन चलाउने सबै चालकले सम्बेदनशील हुनुपर्ने नेता खाँणको भनाई छ।

कार्यक्रममा प्रदेशसभा सदस्य वलदेश शर्मा पोख्रेल, नेपाल राष्ट्रिय ट्रक ट्याङ्कर व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दघि खरेल, यातायात मजदुर व्यवसायी भलाई कोषका अध्यक्ष नारायाण भट्टराई, लोकराज पोख्रेल लगायतले बोलेका थिए।

पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमख कृष्णहरी शर्माले दुर्घटना न्यूनिकरणका लागि हरेक नागरिक जिम्मेबार भएर लाग्नुपर्ने भन्दै सबै पक्षको सहकार्यमा न्यूनिकरण गर्न सकिने बताए।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका प्रधान सम्पादक महेन्द्र पाण्डे, दलवहादुर भण्डारी, प्रकाश नेपाल लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपुरबेंसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी…
  • पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पाेखरा । प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका…
  • स्थानीय तह उपनिर्वाचन १६ मंसिरमा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग…
  • आज संविधान दिवस

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । संविधान दिवस आज (बिहीबार) मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका…
  • बजाज पल्सर एनएस–२०० मोटरसाइकल

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । इच्छाशक्ति अटोमोबाइल्सले नयाँ बजाज पल्सर एनएस–२०० मोटरसाइकल सार्वजनिक गरेको छ । ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलका…

hero news full width