एकै व्यक्तिबाट १६ करोड दान

सराङ्कोटमा महायज्ञ शुरु

आदर्श समाज सम्वाददाता
माघ २३, २०७४
mahayag 3

पोखरा, २२ माघ। पोखरा-१८, सराङ्कोटमा निर्माण गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि सोमबारदेखि श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ शुरु भएको छ ।

सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा शुरु महायज्ञको पहिलो दिनमै बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टले १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका छन्। विष्टले गुरुयोजनाअन्तर्गत निर्माण गर्न लागिएको विशाल बुद्ध मन्दिर निर्माणको लागि १५ करोड र निर्माणाधीन विशाल शिव मन्दिरका लागि १ करोड १० लाख प्रदान गर्ने घोषणा गरेका हुन्।

उनले बुद्ध र हिन्दू एकै धर्म रहेको आफूले बुद्ध धर्म अध्ययन गर्दा शरणार्थी भई भारतमा अध्ययन गरे तापनि आफ्नो पहलमा नेपालमै बौद्ध धर्म अध्ययन विद्यालय खोलेपछि आमनेपालीले बौद्ध धर्म अध्ययन र अध्यापन गर्न पाएको बताए।

मुस्ताङ लोमान्थाङ निवासी विष्ट १५ वर्षदेखि सराङ्कोटमै बौद्ध अध्ययन विद्यालय सञ्चालन र सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।

कार्यक्रम उद्घाटन गर्दै वरिष्ठ समाजसेवी पूर्व सभासद् सूर्यबहादुर केसीले बृहत् गुरुयोजनाले हिन्दू र बुद्ध धर्मको सकारात्मक सन्देश प्रदान गरेकोले निर्माण हुन लागिएको बुद्ध मन्दिरका लागि १० तोला सुन र विशाल शिव, गणेश र अन्य देवीदेवताको मूर्ति निर्माणका लागि पूर्ण सहयोग गर्ने घोषणा गरे।

कार्यक्रममा प्रमुखवाचक भागवत्भाष्कर कमलनयन गौतमले ओंकार परिवार एक भएमा विश्वबाट बौद्ध र हिन्दू धर्म अनुयायीहरु मात्र भित्र्याउन सके देशको लागि ठूलो सहयोग हुने बताए। पण्डित कुलप्रसाद पहारी -घनश्याम) ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेमबहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन्।

महायज्ञअघि गाईघाट पोखराबाट शुरु कलशयात्रा विन्ध्यवासिनी हुँदै सराङ्कोटमा पुगी धार्मिक सभामा परिणत भएको थियो।

सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १८ का रणबहादुर थापा, वडा २ का अध्यक्ष रामेश्वर मल्ल, नेकपा एमाले वडा कमिटी १८ अध्यक्ष पुष्कर थापा, काँग्रेसका इकाइ सभापति शिवप्रसाद तिमिल्सिना, महिला समन्वय समितिका अध्यक्ष कल्पना ढकाल, ब्रहृमाकुमारी इश्वरीय विश्वविद्यालयका दीपा बहिनी, सचिव विष्णु तिमिल्सिना लगायतले महायज्ञको सफलतासँग सराङ्कोटसँगै सराङ्कोट बृहत् गुरुयोजना सफल हुने  बताए।

फागुन १ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक श्रीमद्भागवत कथावाचन, लघुरुद्री पाठ, दानवीर सम्मान, सामूहिक ब्रतबन्ध, चौरासी पूजा लगायत धार्मिक कार्यक्रम राखिएको सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width