रानाभाटलाई कल्याण

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४

पोखरा, २० माघ । कल्याण शेरचन स्मृति पुरस्कार खड्गबहादुर रानाभाटलाई प्रदान गरिने भएको छ।

लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको माघ २४ गते पोखरा हुने सातौ स्मृति सभा तथा व्यक्तित्व सम्मान कार्यक्रममा खेलकुद विधाअन्तर्गत प्रमुख प्रशिक्षक रानाभाटलाई २५ हजार एक रुपैयँासहित सम्मान गरिने भएको छ।

लोकस्रष्टा, शेरचनका लोक संस्कृति, खेलकुद र शिक्षामध्ये यस वर्ष लामो समयदेखि खेलकुद क्षेत्र -एथलेटिक्स, भलिबल र फुटबल) बाट राष्ट्रिय, साफ, एशियन हुँदै ओलम्पिकसम्म सहभागी भएर नेपाली खेलकुदमा विशेष योगदान प्रदान गरेका पूर्व खेलाडी, प्रमुख प्रशिक्षक खड्गबहादुर रानाभाटलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले जानकारी दिए। सल्लाहकार दीपेन्द्र श्रेष्ठको संयोजक, सल्लाहकारद्वय खेमबहादुर गुरुङ र हेमबहादुर गुरुङ सदस्य रहेको व्यक्तित्व छनौट समितिले रानाभाटको नाम चयन गरी प्रतिष्ठानलाई जानकारी गराएको थियो।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width