वेगनास ताल सफाइ शुरू

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४

वेगनास युवा क्लबले वेगनास तालको सरसफाइ अभियान शनिबारदेखि सञ्चालन गरेको छ। पोखरा लेखनाथ महानगरपालिकाको सहकार्य र स्थानीय सामाजिक संघसंस्थाको सहयोगमा साप्ताहिक सरसफाइ कार्यक्रम शुरु भएको क्लब अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, कानुनी सल्लाहकार राममणि अधिकारी, वडा ३१ का अध्यक्ष कमलबहादुर थापा, वडा ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, वडा २७ का अध्यक्ष पूर्णकुमार गुरु‹, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख गोविन्द पुरी लगायतले सरसफाइ अभियानबारे बोलेका थिए। क्लबको नयाँ कार्यसमितिले बेगनासताल बसपार्क, ताल किनार, क्लब परिसर र तालखोलामा सरसफाइ अभियान सञ्चालन गर्दै आफ्नो फोहोर आफैले व्यवस्थापन गर्न स्थानीयबासीलाई अनुरोध गरेको छ । क्बल उपाध्यक्ष नीराजन बरालले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव रोशन खनालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width