पोखरा, १५ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार विद्यार्थीलाई सहयोग गरेको छ।
क्लबले पोखरा १४ स्थित भयश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो।
सो विद्यालयका ९१ जना विद्यार्थीलाई स्वीटर, न्यायो टोपी र शैक्षिक सामाग्री गरी ६५ हजार मूल्य बराबरको सहयोग गरिएको थियो।
वडाध्यक्ष प्रेमबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर कुँवर, जोन चेयरपर्सन तेजबहादुर भट्टराई र क्लब अध्यक्ष दयाशंकर गौतम लगायतले उक्त सामाग्री वितरण गरेको कार्यक्रम संयोजक राजन भण्डारीले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष कार्कीले क्लबले विद्यार्थीलाई सहयोग गरी राम्रो काम गरेको उल्लेख गरे।
त्यस अवसरमा जोन चेयरपर्सन तेजबहादुर भट्टराई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जंगबहादुर कुँवर, चार्टड प्रेसिडेन्ड बासुदेव कोइराला लगायत बोलेका थिए।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले स्वागत र सचिव शिव नेपालीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१