कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो ।
तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीबाट मारिएका ८ जना र पञ्चायतकालमा सरकार पक्षबाट मारिएका १ जना गरी ९ जना शहीदको सूचीमा सूचीकृत भएका छन् ।
साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ, साविक घान्द्रुक गाविसका इश्वर गुरुङ, साविक माछापुच्छ्रे गाविसका टेकबहादुर गुरुङ र पूर्णबहादुर भुजेल, साविक मिजुरेडाँडा गाविसका सु. रतनसिंह गुरुङ, साविक लेखनाथ नगरपालिका ५ का चन्द्रबहादुर राजभाट, पोखरा ९ का गणेशमान पालिखे र साविक हंसपुर गाविसका पशुपति रानाभाटलाई शहीद घोषणा गरिएको हो । सशस्त्र द्वन्द्वका बेला उनीहरुलाई विभिन्न समयमा मारिएको थियो ।
२००७ सालमा जन्मिएका सल्यानका कृष्णबहादुर गुरुङलाई घरमा भात खाइरहेको अवस्थामा २०५९ बैशाख ६ गोली हानी हत्या गरिएको थियो । २०२८ सालमा घान्द्रुकमा जन्मिएका इश्वरबहादुर गुरुङको २०६१ साल बैशाख २८ मा घर नजिकै सार्वजनिक चौरमा हत्या भएको थियो । माछापुच्छ्रेका टेकबहादुर गुरुङलाई २०५८ पुस १२ गते घरबाट बारीमा लगेर मारिएको हो । माछापुच्छ्रेकै पूर्णबहादुर भुजेललाई २०६० असोज ९ गते घरकै पिँढीमा गोली हानेर मारिएको थियो । २००० भदौ १५ गते जन्मिएका मिजुरेका रतनसिंलाई २०६२ माघ १० गते घरबाट अपहरण गरेर बाटोमा लगी हत्या गरिएको थियो । १९९९ जेठमा जन्मिएका पोखरा नागढुंगाका गणेशमान पालिखेलाई २०६२ साल बैशाख २९ गते जनप्रिय क्याम्पसबाट घर फर्किने क्रममा घरकै गेटमा गोली हानिएको हो । उनी जनप्रिय क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख समेत थिए ।
१९९० मा जन्मिएका हंशपुरका पशुपति रानाभाटलाई सेनालाई सुराकी लगाएको आरोपमा लेखनाथको मोहोरियामा २०६१ ज्ोठ ३ गते हत्या गरिएको थियो । लेखनाथका चन्द्रबहादुर राजभाटको दशैंका बेला डाँडाको नाक चौकीमा प्रहरी साथीलाई भेट्न जाँदा माओवादी आक्रमणमा परेर मृत्यु भएको हो । २०३४ सालमा जन्मिएका उनको २०६१ असोज ११ गते मृत्यु भएको थियो । यसैगरी, २०१८ सालमा मारिएका ल्वाङघलेलका हरिप्रसाद गुरुङलाई पनि शहीद घोषणा गरिएको कानुनमन्त्री थापाले जानकारी दिए । उनलाई तत्कालीन पञ्चायत सरकारले चितवनमा समातेर जिउँदै गाडेको थियो ।
यसअघि, कास्कीमा १ सय २ जना शहीद थिए । बिहीबारको घोषणापछि जिल्लाका शहीदको संख्या १ सय ११ जना पुगेको छ । त्यसमा माओवादीका मात्रै ३८ जना छन् । जुन सशस्त्र द्वन्द्वका बेला राज्यपक्षले मारिएका ब्यक्ति हुन् । त्यसबाहेक नेपाली सेना, नेपाल प्रहरी र काँग्रेस एमाले लगायत पार्टीाट पनि शहीद घोषणा गरिएका छन् । त्यसअघि यहाँ शहीद घोषणा गरिएको तथ्यांक भेटिँदैन ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१